ताप्लेजुङ। फक्ताङलुङ गाउँपालिका–६ लेलेपको जापान टार र लामा टार जोड्ने झोलुंगेपुल वर्षाले भत्काएको छ। साउन २९ गते रातिको भारी वर्षाले झोलुंगे पुल भत्काएको हो।
झोलुंगे पुल भत्केपछि पाँच मिनेटको बाटो अब पाँच घण्टा लामो बाटो हिँडेर घुम्नुपर्ने बाध्यता आइपरेको स्थानीय बताउँछन्।
पर्यटकको सिजन सुरु हुनै लाग्दा झोलुंगे पुल भत्किएपछि पर्यटन व्यवसायीदेखि स्थानीय समेत चिन्तित बनेका छन्।