काठमाडौं। कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। आज बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको हो।
पहिरोले बिहानैदेखि सडक अवरुद्ध हुँदा उक्त राजमार्ग हुँदै जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौं जाने सवारीसाधन अलपत्र परेका छन्।
सडक खुलाउने प्रयास भइरहेपनि वर्षा नरोकिएका कारण समस्या भइरहेको प्रहरीले जनाएको छ। जति सक्दो चाँडो पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयले समेत जानकारी दिएको छ।