पर्वत। मालढुङ्गा–बेनी सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षासँगै खसेको पहिरोले सडक अवरुद्ध भएको हो।
मङ्गलवार रातीदेखि नै सडक अवरुद्ध भइरहेको प्रहरीले जनाएको छ। वर्षा भइरहेको कारण पहिरो पन्छाउन समय लाग्ने बताइएको छ।
पहिरोस्थलमा दुर्घटनाको जोखिम रहेकाले यो सडक प्रयोग नगरी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ। यो सडकको विकल्पमा बागलुङ–रत्नेचौर–बेनी सडकको बाटो प्रयोग गर्न सकिने बताइएको छ।