सांकेतिक तस्बिर
काठमाडौं। सिमल गोलाई–माइबेनी–तिल्केनी वैकल्पिक मार्ग निर्माण गरिने भएको छ। इलाम नगरपालिका–१० गोदकको सिमल गोलाई देखि माइजोगमाई गाउँपालिकामा पर्ने माइबेनी हुँदै इलाम तिल्केनी जोड्ने गरी वैकल्पिक मार्ग निर्माण गर्न लागिएको हो।
मेची राजमार्ग अन्तर्गत पर्ने इलामको माइखोला राजदुवाली माथिको सडक खण्डको वैकल्पिक सडक निर्माण गर्न लागिएको हो।
वैकल्पिक सडक निर्माणका लागि चालू आर्थिक वर्षमा एक करोड रकम समेत विनियोजन गरिएको छ। बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य हुने उक्त सडकलाई कुनै पनि प्रविधिबाट दीर्घकालीन रुपमा समाधान गर्न नसकिने भन्दै सडक डिभिजन कार्यालय इलामले वैकल्पिक राजमार्ग निर्माण गर्न लागेको हो।