वालिङ। सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। अविरल वर्षासँगै गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो।
स्याङ्जा सडक खण्डअन्तर्गत वालिङ नगरपालिका–८ मा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।
बिहानैदेखि सडक अवरुद्ध भएको कारण सवारी साधन सडकमै रोकिएका छन्। पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको बताइएको छ।