काठमाडौं। कमला नदीमा पुल निर्माण गर्न माग गर्दै मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी स्थानीय युवाहरुले आमरण अनसन थालेका छन्। पुल निर्माण संघर्ष समिति संयोजक इन्जिनियर प्रवीण यादवको नेतृत्वमा १० जना युवाले मंगलबार दिउँसोबाट आमरण अनसन सुरु गरेका हुन्।
यसअघि पुल निर्माणका लागि जुलुस निकाल्ने, धर्ना दिने, मुख्यमन्त्री लगायतको ध्यानाकर्षणसहित अनसनको चेतावनी समेत दिइसकेको थियो।
उनीहरूले आफ्नै लगानीमा पुल निर्माण प्रक्रिया ७ दिन भित्र सुरु नभए आमरण अनसन बस्ने चेतावनी दिएका थिए। सात दिन पुग्दा समेत कुनै प्रक्रिया अगाडी नबढाएपछि अनसन सुरु गरेको उनीहरुको भनाइ छ।
पहिले बनाइएको पुलको डिजाइन नै गलत भएकाले निर्माणाधीन अवस्थामा भासिएको भन्दै संघर्ष समितिले पुललाई मर्मत गर्नुको साटो नयाँ डिजाइन गरेर नयाँ पुल बनाउनुपर्ने माग राखेका छन्।