गुल्मी। गुल्मीको तम्घास‐रिडी सडकखण्ड सञ्चालनमा आएको छ। अबिरल वर्षाका कारण हिजोदेखि अबरुद्ध भएको सडक सञ्चालनमा आएको हो।
रुरुक्षेत्र गाउँपालिका १ रातामाटामा सडक माथिबाट पहिरो खसेपछि हिजोदेखि सडक अबरुद्ध बनेको प्रहरीले जनाएको छ।
एक्साभेटरको प्रयोग गरि सडकमा खसेको लेदोसहितको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।