पोखरा। पोखराबाट काठमाडौंका लागि उडेको विमान भैरहवा डाइभर्ट भएको छ। मौसम खराबीका कारण अवतरण गर्न नसकेर भैरहवा डाइभर्ट भएको हो।
आज बिहान सवा ९ बजे पोखराबाट ७२ जना यात्रु लिएर काठमाडौं उडेको विमान अवतरण गर्न नसकेपछि भैरहवा डाइभर्ट भएको बताइएको छ।
करिब २० मिनेर आकासमा घुमेर भैरहवा ल्याण्ड भएको पोखरा विमानस्थलले जनाएको छ। अहिले यात्रु भैरहवा विमानस्थलमा रहेको र काठमाडौंको मौसम खुलेलगत्तै उडान हुने बताइएको छ।