काठमाडौं। ढुंगामाटो र रुखसहितको पहिरो खसेपछि नागढुंगामा सडक अवरुद्ध भएको छ। आज बिहान नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो खसेको हो।
पहिरो खसेपछि सडक दुईतर्फि नै बन्द भएको छ। वर्षा र पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन केही समय लाग्ने प्रहरीले जनाएको छ।
पहिरोले सडक अवरुद्ध बनेपछि यात्रुहरु अलपत्र परेका छन्। प्रहरीले पहिरो नपन्छाउँदासम्म खानीखोला–नागढुङ्गा र सीतापाइला–धार्के सडक प्रयोग गर्न समेत आग्रह गरेको छ।