काठमाडौं। गल्छी–रसुवागढी सडक अवरुद्ध भएको छ। सडकमा ठूलो ढुङ्गासहित खसेको पहिरोका सडक अवरुद्ध भएको हो।
ठूलोखोला नजिक सडकमा खसेको ठूलो ढुङ्गासहितको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
पहिरो पन्छाउन आज बिहानैबाट सुरु गरिएको भएतापनि पहिरो पन्छाउन समय लाग्ने बताइएको छ। सडक पुर्ण रुपमा बन्द भएको कारण यात्रामा निकै समस्या भएको बताइएको छ।