काठमाडौं। पर्यटन व्यवसायीहरूका लागि आयोजित प्रशिक्षण सम्पन्न भएको छ। शेर्पा पर्यटन व्यवसायी सङ्घ नेपालद्वारा आयोजित प्रशिक्षण सम्पन्न भएको हो।
संघीय राजधानीमा आयोजित प्रशिक्षणमा ८० जना सहभागी भएको शेर्पा पर्यटन व्यवसायी सङ्घले जनाएको छ।
दिगो पर्यटन प्रवर्द्धनका लागि पर्यटन व्यवसायीलाई प्रशिक्षण दिइएको सङ्घले बताएको छ।