हेटौँडा। पहिरोका कारण हेटौँडा–काठमाडौँ सडक खण्डको कान्तिलोकपथ अवरुद्ध भएको छ। अविरल वर्षाको कारण आएको पहिरोले लोकपथ अवरुद्ध भएको हो।
झाँक्री डाँडामा पहिरो जाँदा लोकपथ अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि यातायातका साधन रोकिएका छन्।
पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।