ताप्लेजुङ। गत जेठ ११ गते शुक्रवारदेखि ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान बन्द भएको छ। उडान बन्द भएको ४५ दिन भएको हो।
प्रतिकुल मौसमको कारण उडान बन्द गरिएको विमानस्थलले जनाएको छ। बर्खाको मौसम भएको र पानी धेरै पर्ने भएको कारण ४५ दिनदेखि विमानस्थल ठप्प भएको छ। हिमाली भेगमा रहेको विमानस्थलमा हुस्सु बढी लाग्ने भएकोले समस्या भएको स्थानीयले बताए।
४५ दिनदेखि उडान बन्द हुँदा सेवाग्राहीहरु समस्यामा परेका छन्। बसमा हिड्दा समय धेरै लाग्ने र वर्खाको समय भएको कारण कतिबेला कताको रोड बिग्रीएर समस्या हुन्छ थाहा नहुँने भएकोले झनै कठिन परिस्थीतिसँग झेल्नु परेको स्थानीयले बताए।