पर्वत। एक महिना देखि पातीचौर–लप्सीबोट सडक अवरुद्ध भएको छ। पर्वतको पर्यटकीय गाउँ भुकताङ्ले जोड्ने सडक एक महिनादेखि अवरुद्ध भएको हो।
जिल्लाको तीन वटा वडालाई जोड्ने सडक अवरुद्ध हुँदा स्थानीय समस्यामा परेका छन्। गत असार २६ गतेको अविरल वर्षाको कारण पहिरो जादा अवरुद्ध बनेको सक अझै खुल्न नसकेको प्रहरीले बताएको छ।
लामो समय सडक अवरुद्ध हुँदा यात्रुलाई निकै समस्या हुनुका साथै अत्यावश्यक सामान ढुवानीमा समस्या भएको स्थानीयले बताए।
भुकताङ् गाउँ पर्यटकीय क्षेत्र भएको कारणले सडक अवरुद्ध हुँदा सञ्चालनमा रहेको धेरै होमस्टे सुनसान बनेका छन् भने होमस्टे सञ्चालकहरुलाई ठूलो क्षती पुगेको बताइएको छ।