जनकपुरधाम। मधेश प्रदेशका चार वटा जिल्लामा २८९.७० किलोमिटर हुलाकी सडकको निर्माण सम्पन्न भएको छ। मधेश प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सर्लाही जिल्लामा सडक निर्माण कार्य सम्पन्न भएको हो।
आर्थिक वर्ष २०८०।८१ मा ८९.७० किलोमिटर हुलाकी सडक निर्माण भएको बताइएको छ। चार वटा जिल्लाका ति सडक नेपाल सरकारको आठ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ लागतमा निर्माण भएको बताइएको छ।
ति सडकहरु निर्माण भएपछि चार वटै जिल्लाका बासिन्दा लाभान्वित भएका छन्। सडक निर्माण भएपछि धेरै सुविधा भएको एक स्थानीयले बताए।