तम्घास। रेसुङगा विमानस्थलबाट पुनः उडान सुरु भएको छ। करिब २ महिनापछि सो विमानस्थलबाट पुनः उडान सुरु भएको हो।
खराव मौसमका कारण असार १४ गतेदेखि विमास्थल बन्द रहेको थियो। भदौ ७ गते शुक्रबारबाट पुनः उडान सुचारु गरेको विमानस्थलले जनाएको छ।
विमानस्थल लामो समय बन्द हुँदा सर्वसाधारण समस्यामा परेका थिए। अब पुनः सञ्चालनमा आएपछि उनिहरुपनि खुशि भएका छन्।