दोलखा। सिंगटी–चरिकोट सडक एक महिनापछि सञ्चालनमा आएको छ। दोलखाको उत्तरी क्षेत्र जोड्ने उक्त सडक एक महिनापछि सञ्चालनमा आएको हो।
झमार्सी खोलामा खोलाले तलबाट तानेपछि सडक अवरुद्ध भएको थियो। मर्मत गरेपछि शुक्रबारबाट सडक सञ्चालनमा आएको बताइएको छ।
सडक अवरुद्ध हुँदा निकै नै समस्या झेल्दै आउनुपरेको र अहिले सडक सञ्चालनमा आएपछि सहज भएको स्थानीयले बताए।