तनहुँ। आँबुखैरेनी–मुग्लिन सडकखण्ड बन्द गरिएको छ। ३ घण्टाका लागि बन्द गरिएको हो।
जिल्ला प्रशासन कार्यालय तनहुँले सार्वजनिक सूचना निकाल्दै आज बिहान साढे ६ बजेदेखि १० बजेसम्म सवारी आवागमन बन्द गरिएको जनाएको छ।
शुक्रबार दुर्घटनामा परेको भारतीय बस निकाल्नका लागि सवारी आवागमन बन्द गरिएको कार्यालयले जनाएको छ।