फाइल तस्बिर
सप्तरी।सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधिहरू सडक निर्माणको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। राजविराज–छिन्नमस्ता सडक र भारतीय दर्शनार्थी आउने न्योर बोर्डर सडक समयमा निर्माण नभएको भन्दै जनप्रतिनिधिहरु नै आन्दोलनमा उत्रिएका हुन्।
सडक निर्माणको ठेक्का लागेपनि काम अगाडी नबढ्दा सडकको अवस्था दयनिय भएको उनीहरुको भनाइ छ। पटक पटक सडक डिभिजन कार्यालय लाहानलाई आग्रह गर्दा, धर्ना बस्दा मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर समस्या बताउँदा समेत समाधान हुन नसकेको उनीहरुको गुनासो छ।
सडक निर्माण नहुँदा आवागमनमा समस्या हुनुका साथै पर्यटकहरूको संख्या समेत कमि हुन थालेकाले सडक निर्माण हुनु अति आवश्यक भएको उनीहरुको माग छ।
आन्दोलित जनप्रतिनिधिहरूले अबको आन्दोलन सिंहदरबार केन्द्रीत हुने चेतावनी समेत दिएका छन्।