काठमाडौं। जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवनको औपचारिक उद्घाटन भएको छ। आज बिहान एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भवनको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसहित गृहमन्त्री रमेश लेखक, मुख्य सचिव लीलादेवी गड्तौला, निमित्त प्रधानसेनापति अशोकराज सिग्देल लगायत सहभागी थिए।
भवन निर्माण सम्पन्न भइ प्रहरी परिसर भने गत असार अन्तिम साता नै सारिएको थियो। ८० करोड रुपैयाँमा कुल लागतमा बनेको भवन आठ तलाको छ ।
२०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो। भवन निर्माण सम्पन्न भएपछि भने प्रहरीले भद्रकालीस्थित सुविधासम्पन्न भवनबाट सेवा दिइरहेको छ।
भवनमा सामाजिक अपराध, लागुऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासत सहितको संरचना छ ।