काठमाडौं। तमोर–ढुङ्गेसाँघु २२० केभी विद्युत् प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढेको छ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले प्रसारणलाई निर्माण गर्न अनुमति माग्दै विद्युत् विकास विभागमा आवेदन पेश गरेको हो।
प्रसारण लाइन तमोर सबस्टेसनदेखि शुरू भएर फुङलिङ नगरपालिका,आठराई त्रिवेणी गाँउपालिका हुँदै मैवाखोला गाँउपालिका–१ मा प्रस्तावित ढुङ्गेसाँघु सबस्टेसनसम्म जम्मा ३०.५ किलोमिटर लामो हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार डबल सर्किट यो प्रसारण लाइनबाट ७०० मेगावाट सम्मको विद्युत् शक्ति प्रसारण गर्न सकिने छ।