काठमाडौं। कान्तिलोकपथ सञ्चालनमा आएको छ। सोमबार परेको अविरल वर्षाका कारण अवरुद्ध भएको लोकपथ सञ्चालनमा आएको हो।
यो लोकपथ हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको मार्ग हो। मकवानपुर भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित अविरल वर्षाका कारण माथीबाट लेदो पहिरो खस्दाँ कान्तिलोकपथ अवरुद्ध भएको प्रहरीले जनाएको छ।
पहिरो पन्छाएपछि लोकपथ सञ्चालनमा आएको हो। पहिरोले सडक अवरुद्ध बनाउदा निकै समस्या भएको प्रहरीले बताएको छ।