पोखरा। अन्नपूर्ण सर्कल पदमार्गबाट दुई जना पर्यटक बेपत्ता भएका छन्। उक्त पदमार्ग अन्तर्गत उल्लेरी हुँदै घोरेपानी जाने क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका हुन्।
दुईजना स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको बताइएको छ।
उनीहरूलाई खोलाले बगाएको हुनसक्ने आँकलन गरिएको प्रहरीले बताएको छ। आईतबार घुम्न निस्किएका उनिहरु सम्पर्कमा नआएपछि सोमबार दिनभर खोजी गरिएको तर पनि नभेटिएपछि आज गोताखोर परिचालन गर्ने तयारी भएको बताइएको छ।