बागलुङ। बागलुङ जिल्लामा झोलुङ्गे पुल निर्माण गरिएको छ। जिल्लाको बडिगाड गाउँपालिका–१० को दर्लिङ र निगलपानी जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको हो।
पुल बनेपछि स्थानीयहरुमा खुशी छाएको छ। पुल निर्माण हुन भन्दा अगाडी आवतजावत गर्न निकै समस्या भएको र छोटो दुरीको यात्रामा पनि लामो समय खर्चिनु पर्ने बाध्यता रहेको उनिहरुले बताए।
पुल निर्माण भएपछि आवतजावतमा सहज त भएकै छ समयको पनि बचत भएको उनिहरुको भनाइ छ।
उक्त पुल ३ सय ५९ मिटर लामो रहेको बताइएको छ।