काठमाडौं। विभिन्न आयोजनाहरुका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पूर्व ऊर्जामन्त्रीहरुसँग छलफल गर्दै छन्। ऊर्जामन्त्री दिपक खड्काले आज पूर्व ऊर्जामन्त्रीहरुसँग छलफल गर्ने भएका हुन्।
ऊर्जामन्त्री खड्काले बुढीगण्डकी, दुधकोशी, नलगाड जस्ता जलाशययुक्त जलविद्युत आयोजना कसरी अगाडि बढाउन सकिन्छ, लगानी कसरी जुटाउन सकिन्छ भन्ने विषय छलफल गर्न लागेका छन्।
त्यसैगरी उनले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई नेपालको अधिकतम हितमा हुनेगरी कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा पनि छलफल गर्न लागेको बताइएको छ।
माथिल्लो अरुण जलविद्युत आयोजनालाई कसरी अगाडि बढाउन सकिन्छ, उच्च क्षमताको विद्युत प्रसारण लाइनको निर्माण र विस्तारमा निजी क्षेत्रलाई कसरी आकर्षण गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल हुने बताइएको छ।