म्याग्दी। म्याग्दीको बेनी–दरबाङ सडक आज बिहानदेखि सञ्चालनमा आएको छ। अविरल वर्षासँगै दुई दिनदेखि अवरुद्ध सडक आज बिहानबाट सञ्चालनमा आएको हो।
घुमाउनेभीरमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। सोही पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ।
सडक अवरुद्ध हुँदा निकै समस्या भएको थियो। यात्रामा रहेका सवारी साधनहरु आफ्नो गन्तब्य पुग्न नपाइ बिच बाटो मै रोकिएका थिए।
पहिरो पन्छाएर सडक सञ्चालनमा आएपछि बिचबाटो मै रोकिएका सवारी साधनहरु आफ्नो आफ्नो गन्तब्य तिर लागेको प्रहरीले जनाएको छ।