काठमाडौं। ठेक्का लिएर हवाइ उडान गर्ने कोही मान्छे नभएपछि साँफेबगर विमानस्थल बन्द भएको छ। नेपाल एयरलाइन्स र समीट एयरलाइन्सले उडान बन्द गरेपछि नयाँ ठेक्का लिने मान्छे नभेटिँदा साँफेबगर विमानस्थल पाँच महिनादेखि बन्द अवस्थामा रहेको हो।
यसअघि उडान गर्दै आएको नेपाल एयरलाइन्सले उक्त स्थानबाट कार्यालय नै उठाइसकेको छ भने पाँच वर्षदेखि उडान गर्दै आएको समीट एयरले पनि गत चैत महिनादेखि छोडेको छ।
यसअघि समीट एयरले साँफेबगर–धनगढी र साँफेबगर–नेपालगंज उडान गर्दै आएको थियो। नेपाल एयरलाइन्सले छोडेपछि समीट एयरबाट केही पहुँचवाला व्यक्तिले मात्र टिकट पाउने गरेको समेत स्थानीयको गुनासो रहँदै आएको थियो।
साँफेबगर विमानस्थलबाट नेपाल यएरलाइन्सको जहाज नियमित उडान गराउन विभिन्न निकायमा धाएपनि कसैले वास्ता नगरेको साँफेबगर नगरपालिकाका जनप्रतिनिधिहरुको भनाइ छ।