काठमाडौं। पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेका छन्।
पर्यटनमन्त्री पाण्डेले मंगलबार विमानस्थल संचालन गर्ने सन्दर्भमा अन्तराष्ट्रिय वायुसेवा सञ्चालकका प्रतिनिधिसँग छलफल गरेका हुन्।
छलफलमा मन्त्री पाण्डेले यी विमानस्थल चलाउन सरकारले विभिन्न प्याकेज ल्याएको जानकारी समेत गराएका छन्। उनले सरकारले ल्याएको प्याकेज केही समयपछि के होला भन्ने विषयमा चिन्ता नलिन समेत अन्तर्राष्ट्रिय वायुसेवाका प्रतिनिधिसँग आग्रह गरे ।
मन्त्री पाण्डेले दुइटै विमानस्थल सञ्चालन गर्न नीतिगत, व्यावसायिक र सुरक्षाका क्षेत्रमा निरन्तर छलफल गर्न सरकार तयार रहेको समेत बताए।