दोलखा। अविरल वर्षासँगै आएको बाढीले मिल्ती खोला पुल जोखिममा परेको छ। दोलखा र रामेछाप दुई वटा जिल्लालाइृ जोड्ने खोलाको पुल बाढीले जोखिममा परेको हो।
अत्याधिक वर्षापछि उक्त खोलामा ठूलो बाढी आएको थियो सोही बाढीले खोलाको छेउछेउको कटान बगाएपछि जोखिममा परेको स्थानीयले बताए।
बाढी फुलासीको मिल्ती बजारमा पसेर ठूलो क्षति पुर्याएको प्रहरीले जनाएको छ। स्थानीय बजारमा छिरेको बाढीले धेरैको पसल बगाएको बताइएको छ।
खोलाको छेउछाउमा भएका घरहरुमा पनि क्षती पुर्याएको छ। बिशेषगरी तामाकोशी–खिम्ती हुँदै मन्थली जोड्ने मिल्ती खोलाको पक्की पुलमा जोखिममा परेको बताइएको छ।