काठमाडौं। शुभकालिका-१ गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग पुन: अवरुद्ध भएको छ। कर्णाली राजमार्गको कालीकोट खण्डमामा पर्ने गगनेखोलासँगै हुल्मवाजर, एसमोड, दहिखोला लगायतका ठाउँमा पहिरो गएपछि बुधबार साँझबाट सडक फेरि अवरुद्ध भएको हो।
पहिरोले कर्णाली करिडोरको रेगिल, फुगाढ लगायतका ठाउँमा आएको पहिरोले कर्णाली करिडोर पनि अवरुद्ध भएको छ।
अहिले पहिरो पन्छाउने काम भइरहेको र फेरि पानी नपरे चाँडै सडक सञ्चालनमा आउने प्रहरीले जनाएको छ।
पहिरोले सडक अवरुद्ध बनेपछि सुर्खेतबाट आउने यातायातका साधन गगनेखोलामै रोकिएका छन् भने कालीकोट सदरमुकाम मान्मबाट अन्य जिल्ला र स्थानमा जाने यात्रु पनि अलपत्र परेका छन्।