धादिङ। कजवे पुल तीन दिनपछि पुनः सञ्चालनमा आएको छ। धादिङ थोपल खोलामा आएको बाढीले अवरुद्ध भएको पुल सञ्चालनमा आएको हो।
भारी वर्षासँगै आएको बाढीले पुलमा क्षती गरेको बताइएको छ। नगर प्रहरी, स्थानीय लगायतको श्रमदानमा उक्त सडकलाई सुचारु गरिएको बताइएको छ।
पुलको छेउबाट बाढीले सडक बगाएको थियो, सोही सडक मर्मत गरेपछि तीन दिनपछि पुनः सञ्चालनमा आएको हो।