म्याग्दी। जिल्लाको नाउरामा रहेको म्याग्दी नदीमा बेलिब्रिज जडान गरिएको छ। नदीमा ४७ मिटर लामो बेलिब्रिज जडान गरिएको हो।
उक्त बेलिब्रिज म्याग्दी नदीमा निर्माणाधीन ३७ मेगावाट क्षमताको अपर म्याग्दीखोला जलविद्युत् आयोजनाले जडान गरेको हो।
बेलिब्रिज जडानले स्थानीयलाई मात्रै नभएर पर्यटकलाई समेत सहज भएको जलविद्युत आयोजनाले जनाएको छ। बेलिब्रिज जडान भएपछि स्थानीय पनि निकै खुशी भएका छन्। अब झनै पर्यटकको संख्या बढ्नेमा ढुक्क भएको उनिहरुको भनाइ छ।