फाइल तस्बिर
काठमाडौं। मुस्ताङको जोमसोम विमानस्थलबाट हवाई उडान पुनः सञ्चालनमा आएको छ। प्रतिकुल मौसमका कारण दुई महिनादेखि रोकिएको जोमसोम विमानस्थलको उडान आजदेखि सञ्चालनमा आएको हो।
मौसममा सुधार आएसँगै आज समिट एयरलायन्सले जोमसोम–पोखराको पाँच वटा उडान भरेको हो। निजी क्षेत्रको यति एयरलायन्सको भगिनी कम्पनी तारा एयरको जहाजले पनि उक्त विमानस्थलबाट आगामी भदौ १८ गतेदेखि उडान भर्ने तयारी गरेको जोमसोम विमानस्थल कार्यालयले जनाएको छ।
प्रतिकूल मौसमका कारण जोमसोम विमानस्थलको हवाइ उडान गत असार १७ गतेदेखि स्थगित गरिएको थियो।