कास्की। पोखरा महानगरपालिकाको १३ र २६ नम्बर वडा जोड्ने गरी साँघुको मुखदेखि सिलिङेसम्म सडक विस्तार गरिने भएको छ। पोखरा छिर्ने वैकल्पिक सडकको रुपमा साँघु–सिलिङे सडक निर्माणका लागि बिहीबार शिलान्यास गरिएको हो।
पोखरा–२६ का अध्यक्ष नरेन्द्र थापाले सडकको शिलान्यास गरेका हुन्। शिलान्यासका क्रममा उनले उक्त सडकको स्तरोन्नती गरेर वैकल्पिक मार्गको रुपमा प्रयोग गर्ने बताए।
सडक विस्तारका लागि तीन करोड १२ लाखको लागतमा ठेक्का समेत लागिसकेको पोखरा महानगरले जनाएको छ।