काठमाडौं। ललितपुर, च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमा निर्माण गरिएको छ।
प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालयमा निर्माण भएको भण्डारीको प्रतिमा अनावरण गरेका हुन्।
मदन भण्डारीको उक्त प्रतिमा कलाकार लालकाजी लामाले निर्माण गरेका हुन्।
आज एमालेको सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्रीले उक्त प्रतिमा अनावरण गरेका हुन्। प्रतिमा अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।