कास्की। पोखरा महानगरपालिकाको १३ र २६ नम्बर वडा जोड्ने गरी साँघुको मुखदेखि सिलिङेसम्म सडक विस्तार गरिने भएको छ। पोखरा छिर्ने वैकल्पिक सडकको रुपमा साँघु–सिलिङे सडक निर्माण गर्न लागिएको हो।
सडक निर्माणका लागि बिहीबार पोखरा–२६ का अध्यक्ष नरेन्द्र थापाले शिलान्यास गरेका छन्। शिलान्यासका क्रममा उनले उक्त सडकको स्तरोन्नती गरेर वैकल्पिक मार्गको रुपमा प्रयोग गर्ने बताए।
सडक विस्तारका लागि तीन करोड १२ लाखको लागतमा ठेक्का समेत लागिसकेको पोखरा महानगरले जनाएको छ।