काठमाडौं। कालीगण्डकी नदीमा पक्की पुल निर्माण गरिने भएको छ। गण्डकी प्रदेश सरकारको २५ करोड लागतमा कालीगण्डकी नदीमा पक्की पुल निर्माण गर्नका लागि सर्वेक्षण थालिएको हो।
पुल निर्माण गर्नका लागि बहुवर्षीय योजनाको रूपमा बजेट विनियोजन भइसकेको छ । पूर्वाधार विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा.महेन्द्र बानियाँ, प्रशासन प्रमुख भरत भुसाल, स्थानीय सडक तथा पुल कार्यक्रमका ‘टिम लिडर’ इन्जिनियर अस्मित पोख्रेललगायतको टोलिले पुल निर्माण गर्ने स्थानको अध्ययन समेत गरेका छन्।
हरेक वर्ष पहिरोले समस्या ल्याएर बारम्बार सडक अवरुद्ध हुन थालेपछि विकल्पका रूपमा कालीगण्डकी नदीमा पक्की पुल निर्माण गर्न लागिएको हो।