फाइल तस्बिर
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निरीक्षण गरेका छन्। मन्त्री दाहाललगायत नेकपा (एमाले) धादिङका नेताहरुसहितको टोलीले आज सुरुङमार्गको स्थलगत निरीक्षण गरेको हो।
निरीक्षणका क्रममा उनले नेपालमा सुरुङ मार्गको युग सुरु भएको बताउँदै सुरुङमार्गको काम समयमै सक्न र चाँडै सञ्चालनमा ल्याउन निर्माणमा संलग्न कम्पनी र सम्बन्धित निकायलाई निर्देशन समेत दिए।
विसं २०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको उक्त आयोजनाको काम विसं २०८२ को दशैँसम्ममा सवारीसाधन चलाउने गरिको हुने निर्माण कम्पनीले जनाएको छ।