फाइल तस्बिर
इलाम। इलाममा फिक्कल–अन्तु ‘चियाबारी पदमार्ग’ निर्माण गरिने भएको छ। सूर्योदय नगरपालिकाको फिक्कलदेखि अन्तुसम्म करिब २० किलोमिटर लामो ‘चियाबारी पदमार्ग’(टी ट्रेल) निर्माण गर्न लागिएको हो।
स्विस सरकारको हेल्भेटास कार्यक्रम अन्तर्गत ५५ प्रतिशत लगानी र नेपाल सरकारका विभिन्न निकायको ४५ प्रतिशत लगानीमा पदमार्ग निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ।
फिक्कल–अन्तु चियाबारी पदमार्ग निर्माणले अन्तुबाट देखिने सूर्योदय, सूर्यास्त र चिया बारीको सौन्दर्यमा पर्यटक रमाउन सक्ने विश्वास लिएको समेत पालिकाले जनाएको छ।
स्विस सरकार र नेपाल सरकारबिचमा गत २०८१ वैशाख २७ गते नै पदमार्ग निर्माणका लागि सम्झौता भइसकेको छ। सन २०२४ देखि २०२८ सम्म परियोजना सञ्चालन हुने बताइएको छ।