काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुने र पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्मको सडकको स्थलगत अनुगमन गरेका छन्। मन्त्री दाहालले शुक्रबार निर्माणाधीन मुग्लिन–पोखरा सडकको स्थलगत अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा मन्त्री दाहालले आयोजनाको प्रगतिबारे चासो राख्दै बाँकी कामलाई तीव्रता दिन निर्देशन समेत दिएका छन्। उनले आयोजनाको काममा आइपर्ने समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताए।