दाङ। जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१३ को तुईसोतामा पक्की पुल निर्माण भइरहेको छ। उक्त पुल निर्माण अन्तिम चरणमा पुगेको हो।
उक्त पुल सत्यवती जेभी बर्दघाट नवलपरासीले निर्माण गरिरहेको छ। निर्माणाधिन पुलको हालसम्मको भौतिक प्रगती ८३ प्रतिशत रहेको निर्माण कम्पनीले बताएको छ।
१० करोड आठ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको पुल निर्धारीत समयमा नै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ।
तुलसीपुर उपमहानगरपालिकाको फूलबारी र दंगीशरण गाउँपालिकाको सरुवाडाँडा गाउँ जोड्ने गरी पुल निर्माण भइरहेको बताइएको छ।
पुल निर्माण भएपछि स्थानीय पनि खुशी भएका छन्। धेरै समय खर्चेर आवतजावत गर्नुपर्नेमा अब पुल निर्माण भएपछि सहज हुने भन्दै उनिहरुले खुशी ब्यक्त गरे।