भरतपुर। चितवनको माडी–ठोरी सडक अवरुद्ध भएको छ। अविरल वर्षासँगै घाँघर खोलामा आएको बाढीले उक्त सडक अवरुद्ध भएको हो।
बाढीले सडक अवरुद्ध भएपछि सवारीसाधन बन्द भएको प्रहरीले जनाएको छ। निरन्तर वर्षा भइरहेको कारण सडक सञ्चालन गर्न समस्या भएको प्रहरीको भनाइ छ।
सडक अवरुद्ध भएपछि यात्रामा रहेका सवारी साधन आफ्नो गन्तब्यमा पुग्न नसकि बिच बाटोमै रोकिएको बताइएको छ।