लमजुङ। बेंसीसहर–डुम्रे सडक अवरुद्ध भएको छ। उदिपुर सडक निर्माणस्थलमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध भएपछि सवारीसाधन आवातजावत रोकिएको छ। अविरल वर्षासँगै आइतबार बिहान पहिरो खसेपछि सडक अवरद्ध भएको प्रहरीले बताएको छ।
उक्त सडक अवरुद्ध भएपछि यात्रामा रहेको सबै सवारी साधन बिच बाटोमै रोकिएका छन्। निरन्तर पानि परिरहेकोले पहिरो पन्छाउन समस्या भएको बताइएको छ।