चितवन। भरतपुर महानगरपालिकाले निर्माण गरेको महानगरीय चक्रपथ अन्तिम चरणमा पुगेको छ। महानगरीय चक्रपथको करिब ९० प्रतिशत काम सम्पन्न भएको हो।
महानगरपालिकाले एक अर्ब ५० करोडभन्दा बढी लागतमा उक्त चक्रपथ निर्माण गरिरहेको छ। ८८ दशमलव छ किलोमिटर लामो चक्रपथ निर्माण गरिरहेको महानगरपालिकाले जनाएको छ।
उक्त चक्रपथले पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक, बाइपास सडक र प्रचण्डमार्गलाई समेत जोडेको महानगरको भनाइ छ।