काठमाडौं। पीपलटार–देउडी सडकका लागि वनको जग्गा प्रयोग गर्न स्वीकृत गरिएको छ।
भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले पीपलटार देउडी सडक निर्माणको लागि नुवाकोट जिल्लाको विदुर नगरपालिकामा रहेको राष्ट्रिय वनको ५.१४२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको हो।
बैठकले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौँ तराई मधेस द्रुतमार्ग सडक आयोजनाको लागि अधिग्रहण गर्ने बाँकी मुआब्जामा लाग्ने पुँजीगत लाभ कर अर्थात् आर्थिक ऐन, २०८१ को दफा १८ को १ बमोजिम छुट लिन स्वीकृत दिने निर्णय समेत गरेको छ।