काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको निरीक्षण गरेका छन्। मन्त्री दाहालले आइतबार मन्त्रालयका सचिव र विभागीय प्रमुखसहित नारायणगढ–बुटवल सडकको स्थलगत निरीक्षण गरेका हुन्।
निरीक्षणपछि एक कार्यक्रममा बोल्दै मन्त्री दाहालले निर्माण व्यवसायीले फटाफट काम नगरे सरकारले ठेक्का तोड्ने चेतावनी समेत दिए।
उनले अब उक्त सडक निर्माणका लागि समय अवधि कुनै पनि हालतमा थप नहुने समेत बताए।