काठमाडौं। समिट एयरले सुदूरपश्चिम प्रदेशको बझाङ र अछाम जिल्लामा नियमित उडान गर्ने भएको छ। समिट एयरले धनगढी विमानस्थललाई केन्द्र बनाएर बझाङ र अछामको साँफेमा साताको दुई दिन उडान गर्ने भएको हो।
धनगढी विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज–हुम्लाको सिमकोट उडान भरेर जहाज धनगढी आउने छ । धनगढीबाट बझाङ पुगेर फेरि धनगढी फर्कने र त्यसपछि धनगढी–साँफे उडान भर्ने कार्यालयले जनाएको छ।