काठमाडौं। पोखरा–जोमसोम भोलिबाट नियमित उडान हुने भएको छ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम रुटमा तारा एयरले भोलिदेखि नियमित उडान गर्ने भएको हो।
पर्यटक सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय सुरु भएकाले उडान नियमित हुन लागेको कम्पनीले जनाएको छ।
मौसम अनुकूल भए दैनिक पाँच उडान गर्ने गरी तालिका मिलाएको बताइएको छ । तारा एयरको उडान पोखराको पुरानो एयरपोर्टबाट नै सञ्चालन हुनेछ ।