काठमाडौं। मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको म्याद एक सय दिनका लागि थप गरिएको छ। तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको म्याद सकिँदासम्म पनि काम पूरा नभएपछि सय दिनका लागि थपिएको हो।
उक्त सडक खण्डको म्याद यही भदौ १२ गते सकिएको थियो। म्याद सकिँदासम्म जम्मा २८ प्रतिशत मात्र काम पूरा भएकाले म्याद थप गरिएको आयोजनाले जनाएको छ।
पश्चिम खण्ड निर्माणका लागि सात अर्ब ४० करोडमा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनसँग विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो।