काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताएका छन्।
ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४६ औँ वार्षिक साधरणसभामा बोल्दै मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका हुन्।
उनले पर्यटन क्षेत्रको विकासमा नागरिक उड्डयनको क्षेत्र प्रभावकारी हुनुपर्ने समेत बताए। उनले उड्डयन क्षेत्रमा विश्वास दिलाउन सकेको अवस्थामा मात्रै विदेशी पर्यटकहरू भित्र्याउन सकिने गरी विश्वास दिलाउनुपर्ने बताए।
मन्त्री पाण्डेले नेपालको पर्यटनको विकासमा पर्यटन विकास नीति संस्कृति नीति र हवाई नीति परिमार्जन गर्ने काम भइरहेको जानकारी समेत दिएका छन्।